कप्तानगञ्ज घटनापछि सुनसरीमा कर्फ्यु यथावत
सुनसरी । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अझै कायम रहेको छ।
कर्फ्युका कारण कोशी ब्यारेज क्षेत्रको आवागमन प्रभावित भएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा परिचालन गरिएको छ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइएको छ।

















































