मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

नयाँदिल्ली, असार ४ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको शनिबार १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आज बिहानै ट्विट गर्दै भनेका छन् […]
रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

काठमाडौं, बैशाख ६ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डो ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको […]
पाकिस्तानमा इमरान खानको सरकार ढल्यो : अविश्वासको प्रस्ताव पास

स्लामावाद । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको छ। प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन्। इमरान खानको पार्टीका सांसदहरुले भने मतदान बहिष्कार गरेका थिए । नेशनल एसेम्बलीका सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्न अनुमति नदिएपछि पाकिस्तानका प्रधानन्यायाधीशले १२ बजे सर्वोच्च अदालतको ढोका खोल्ने निर्णय गरेका […]
च्याम्पियन्स लिगमा भिल्लारियलले बायर्नलाई हरायो

काठमाडौं, चैत २४ । च्याम्पियन्स लिगमा अर्को स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ । घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखमाथि १-० को जित निकालेको हो। खेलको आठौं मिनेटमा अर्नाउत डेन्मुमाले गोल गर्दैै बलियो बार्यनविरुद्ध भिल्लारियनलाई अग्रता दिलाए। उनले ड्यानिअल परेजोको पासमा गोल गरेका थिए । भिल्लारियलले च्याम्पियन्स लिगको नकआउट चरणमा […]
दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

काठमाडौ, चैत १७ । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए। करिब एक […]
उत्तर प्रदेशकाे दोस्रोपटक मुख्यमन्त्री बन्दै याेगी आदित्यनाथ

काठमाडौ । भारतकाे उत्तर प्रदेशमा योगी आदित्यनाथले दाेस्राेपल्ट मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्दैछन् । लखनऊकाे अटल बिहारी वाजपेयी इन्टरनेसनल क्रिकेट स्टेडियम (इकाना स्टेडियम) मा स्थानीय समयअनुसार अपरान्ह ४ बजे हुने शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र माेदी, गृह मन्त्री अमित शाहसहित मन्त्रीहरू उपस्थित हुने भारतीय मिडियाले लेखेका छन् । त्याे समाराेहमा भाजपा शासित १२ राज्यका मुख्यमन्त्री र […]
सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु

काठमाडौ । सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ […]
सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

सुडान । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ। यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो। सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल गरेको हो। यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न […]
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ? सियोमरा क्यास्ट्रो – सियोमरा होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता हुनुहुन्छ । – उहाँको कार्यकाल सन् २०२२ जनवरी २७ देखि सुरु हुने । – उहाँ होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ । २. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात […]
निर्वाचनसम्बन्धी विवादपछि सोमालियाका प्रधानमन्त्री निलम्बित

काठमाडौं । सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गरेका छन् । संकटग्रस्त मुलुक सोमालियामा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गरेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताए । ‘राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा […]