गाजामा इजरायली आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता

एजेन्सी

सारांश
- संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्रमा नागरिक र पूर्वाधारमाथि इजरायली आक्रमण जारी रहेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ।
- गाजामा चिसो मौसम नजिकिँदै गर्दा प्रतिबन्ध र स्रोतको अभावले राहत सामग्री वितरणमा कठिनाइ भइरहेको छ।
- वेस्ट ब्याङ्कमा इजरायली सेनाले नागरिक संस्था र चिकित्सा परिसरमा छापा मारी कागजात जफत गर्नुका साथै केहीलाई हिरासतमा लिएको छ।

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकामा गहिरो चिन्ता व्यक्त गर्दै नागरिक र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का अनुसार, मङ्गलबार र बुधबार गाजाका सबै प्रान्तमा, विशेषगरी इजरायली सेनाको नियन्त्रण क्षेत्र छुट्याउन निर्धारण गरिएको सीमारेखाको पश्चिमतर्फ, हवाई आक्रमण, गोलाबारी, विस्फोट तथा गोलीबारीका घटना भएका छन्।
यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कको रमल्लाहमा इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी नागरिक समाजका संस्थाका कार्यालय र चिकित्सा परिसरमा छापा मारेर कागजात तथा उपकरण जफत गर्नुका साथै केही व्यक्तिलाई हिरासतमा लिएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ।
कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत प्यालेस्टिनी नागरिक क्षेत्रमाथिको दमन तत्काल रोक्न इजरायली अधिकारीहरूलाई आग्रह गरेको छ। यस्ता छापा र मानव अधिकार रक्षकहरूको हिरासतले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानव अधिकारसम्बन्धी काममा नकारात्मक प्रभाव पारिरहेको कार्यालयले जनाएको छ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















