कृष्णनगरमा लालपुर्जा वितरणमै विभेदको प्रश्न ! वडा नं. ८ का नागरिक अझै वञ्चित, सेवाग्राहीसँग रसिदबिनै ५० रुपैयाँ असुलीको गुनासो
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६९ घरजग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
- नगरपालिका र नापी कार्यालयको संयुक्त आयोजनामा वडा नं. १, ७ र ९ का गाउँब्लक जग्गाधनीलाई लक्षित गरी यो कार्यक्रम गरिएको हो।
- एउटै नगरपालिकाभित्रका केही नागरिकले लालपुर्जा पाउँदा वडा नं. ८ का वर्षौंदेखि भोगचलन गर्दै आएका बासिन्दा अझै वञ्चित भएका छन्।

कार्तिक १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा २६९ घरजग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। तर, वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका छिमेकी वडा नं. ८ का नागरिक भने अझै लालपुर्जाको प्रतीक्षामा छन्। एउटै नगरपालिकाभित्र केही वडाका नागरिकले लालपुर्जा पाउँदा अर्को वडाका नागरिक कहिलेसम्म वञ्चित हुने भन्ने प्रश्न उठेको छ।
कृष्णनगर नगरपालिका वडा नं. १, ७ र ९ अन्तर्गतका गाउँब्लक जग्गाधनीलाई लक्षित गरी बिहीबार वडा नं. ९ को कार्यालय परिसरमा लालपुर्जा वितरण कार्यक्रम आयोजना गरिएको हो। कृष्णनगर नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा भएको कार्यक्रममा २६९ घरजग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो।
कार्यक्रममा उपप्रमुख आरती देवी चौधरी, जनप्रतिनिधि, नापी कार्यालयका प्रमुख तथा कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
अरुपनि पढ्नुहोस
सबै
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी
















