Opens in a new tab

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

राम नारायण

325Shares

सारांश

  • सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट ‘पैसा डबल’ गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा रामबहादुर रजक र उनका सहयोगी गुञ्जेश सिंह पक्राउ परेका छन्।
  • उदयपुरका एक व्यक्तिबाट ५ लाख ठगी गरिसकेका रजकले थप १ लाख रुपैयाँ लिइरहेको अवस्थामा प्रहरीले दुवैलाई रंगेहात पक्राउ गरेको हो।
  • पक्राउ परेका रजक यसअघि पनि ठगी मुद्दामा कारागार पुगी धरौटीमा छुटेका व्यक्ति हुन् भने अहिले उनीमाथि अनुसन्धान भइरहेको छ।
dida bag ad

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामाका रामबहादुर रजक ‘हनुमानी’ पुनः ठगी गरेको आरोपमा पक्राउ परेका छन् । ५२ वर्षीय रजकसँगै उनका सहयोगी ३४ वर्षीय गुञ्जेश सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरका एक व्यक्तिले चिनजानका बभनगामाकै सिंहमार्फत रजकलाई ‘पैसा डबल’ गरिदिने भन्दै ५ लाख रुपैयाँ दिएका थिए । रकम डबल गर्न थप पैसा आवश्यक परेको भन्दै रजकले फोन गरेपछि ती व्यक्ति थप एक लाख रुपैयाँ लिएर रजकको घर पुगेका थिए ।

रजकको घर पुगेलगत्तै उनको मोबाइल खोसेर सम्पर्कविहीन बनाएपछि साथीसँग सम्पर्क गरी उनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले रजकको घरबाट एक लाख रुपैयाँसहित रजक र सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका दुवै जनामाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा बुधबार तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

रजक यसअघि पनि ‘पैसा डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनी विरुद्ध १४ जनाले दिएको उजुरीका आधारमा प्रहरीले २१ पुस २०८१ मा उनलाई पक्राउ गरेको थियो । त्यसबेला ११ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी कारागार गएका थिए । पछि धरौटी रकम बुझाएर उनी रिहा भएका थिए ।

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे