रेल सेवा व्यवस्थित गर्न माग

नवलपुर टुडे

सारांश
- जनकपुरधाम रेल्वे सेवालाई प्रभावकारी, सुरक्षित र यात्रुमैत्री बनाउन जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ।
- अभियानले स्टेसनमा सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय, खानेपानी, भौतिक संरचनाको मर्मतसम्भार र पार्क निर्माणको माग गरेको छ।
- रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि सुरक्षा व्यवस्था मिलाउन तथा मालवाहक ढुवानी सेवा सञ्चालन गर्न ध्यानाकर्षण गराइएको छ।

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।
अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधा सम्पन्न बनाउन आग्रह गरेको हो ।
अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ ।
रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मालवाहक ढुवानी सेवा सञ्चालन गर्न अभियानले ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा स्तरोन्नति गरी विसं २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















