रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

अशोक यादव

सारांश
- रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरियामा प्रहरीले चेकजाँचका क्रममा दुईवटा यात्रुबाहक बसबाट भन्सार छली ल्याइएका विभिन्न अवैध सामानहरू बरामद गरेको छ।
- गौरबाट काठमाडौं जाँदै गरेका बसहरूबाट सुर्ती, अन्जिर, पानको पात, रङ तथा देवीदेवताका तस्बिर र पोस्टरहरूसहित करिब दुई लाख २२ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानहरू नियन्त्रणमा लिइएको हो।
- बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको र दुवै बसलाई भने गन्तव्यतर्फ जान दिइएको प्रहरीले जनाएको छ।

रौतहट, कार्तिक १९ । रौतहट प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएका विभिन्न सामान दुईवटा यात्रुबाहक बसबाट बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटअन्तर्गत इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ९:३० बजे चन्द्रपुर नगरपालिका–९ स्थित डुमरियामा बस चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरी वरिष्ठ हवल्दार निरोज कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले गौरबाट काठमाडौं जाँदै गरेका यात्रुबाहक बसहरू जाँच गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ख २५४० नम्बरको ‘नेपाल दर्शन’ बसबाट ३ बोरा (१०० केजी) सुर्ती र ११ कार्टुन (११० केजी) अन्जिर बरामद गरिएको छ।
त्यसैगरी, बा.प्र.०३–००१ ख २७०५ नम्बरको ‘अनमोल ट्राभल्स’ बसबाट २५ केजी पानको पात, विभिन्न रङका २०० केजी रङ, गणेश र सरस्वतीका फ्रेमसहितका साना–ठूला ४८ थान तस्बिर तथा ठूला आकारका ३०० थान पोस्टर तस्बिर बरामद गरिएको छ।
प्रहरीले बरामद गरेका सम्पूर्ण सामानको प्रारम्भिक मूल्यांकनअनुसार करिब २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको छ। सामान बरामद भएपछि दुवै बसलाई भने गन्तव्यतर्फ जान दिइएको प्रहरीले जनाएको छ।
प्रहरीले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

अरुपनि पढ्नुहोस
सबै
मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
















