Opens in a new tab

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे

398Shares

सारांश

  • देशका कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • दिउँसो पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने बिहानपख हुस्सु तथा कुहिरो लाग्नेछ।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम विज्ञान विभागले जनाएको छ।
dida bag ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ ।  नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।