Opens in a new tab

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते

नवलपुर टुडे

394Shares

सारांश

  • बैतडीको मेलौली नगरपालिकामा बुधबार बेलुका भएको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
  • दुर्घटनामा चालकसहित अन्य छ जना घाइते भएकाे र उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।
  • डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
dida bag ad

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए ।

गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका हुन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै