Opens in a new tab

नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा

नवलपुर टुडे

1.6KShares

सारांश

  • पश्चिम नवलपरासीका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली चोरी तस्करी गरी ल्याइएका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिइएका सामानहरूमा सालको काठको चौकोष, कपडा, पटका, ब्रोइलर कुखुरा, रंगोली, टिनको ड्रम र किराना सामान रहेका छन्।
  • प्रहरीले बरामद गरेका ती सामानहरूको अन्दाजी मूल्य ९ लाख २ हजार ८ सय १० रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।
dida bag ad

परासी । पश्चिम नवलपरासीबाट भन्सार छली चोरी तस्करी गरी ल्याएका विभिन्न किसिममा सामान प्रहरीले नियन्त्रणमा लिएका छन । नियन्त्रणमा लिएका सामान विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएका हुन ।

WhatsApp Image 2026 11 04 at 16.57.13

नियन्त्रणमा लिएका सामान सालका काठको झ्याल ढोकाको तयारी चौकोष, विभिन्न किसिमका कपडा, विभिन्न किसिमका पटका, जिउँदो बोईलर कुखुरा १०३ वटा, रंगोलीका सामान, ४६६ थान, टिनको ड्रम १० थान र विभिन्न किसिमका फुटकर किरानाका सामान रहेका छन । सो सम्पुर्ण सामानका अन्दाजी मूल्य रु.९,०२,८१०/-(नौ लाख दुई हजार आठ सय दश) रुपियाँ बराबरको रहेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

नियन्त्रणमा लिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको थापाले बताए ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै