हाम्रो बारेमा

परिमार्जन मिडिया प्रालिद्वारा सञ्चालित नेपाली भाषाको अन्लाईन न्युजपोर्टल हो । यसको सहप्रकाशन नेपाली अनलाइन संस्करण https://www.nawalpurtoday.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अन्लाईन युट्युब टीभी च्यानल पनि सञ्चालनमा छ । जसको नाम Nawalpur OTV रहेको छ । सो अन्लाईन टेलिभिजनले सबै भाषा, धर्म, साँस्कृतिक र राजनीति बिचारलाई बहसमा ल्याउने गर्दछ ।

यस अन्लाईनले नेपालको हरेक समुदायको समाबेसी आवाज बोल्दछ । अझै अर्थ, राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डा बिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो यस अन्लाईनको रहेको छ । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन, भ्रष्टाचार, रोजगारी, सुरक्षा, अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक/साँस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा अन्लाईनको प्राथमिकतामा पर्दछ ।

नेपाल संघिय गणतन्त्रको संरचना पश्चात पछिल्लो समयमा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन ।