वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

नवलपुर टुडे

सारांश
- काठमाडौं महानगरपालिकाले जाडो मौसममा वायु प्रदूषणको जोखिम बढ्ने भएकाले खुला रूपमा प्लास्टिकजन्य फोहरमैला नबाल्न सबैमा आग्रह गरेको छ।
- वाहन, उद्योग, निर्माण कार्य र फोहर बाल्दा निस्कने धुवाँका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगका बिरामीहरू उच्च जोखिममा पर्ने जनाइएको छ।
- महानगरले सवारीसाधनको नियमित मर्मत गर्न, सडकमा निर्माण सामग्री नथुपार्न र मापदण्ड पालना गरेर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका निम्ति आग्रह गरेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अरू निर्माण कार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न/नगराउन आग्रह गरिएको हो ।
खराब वायु प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोगका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरेकी छन् ।
विभागका अनुसार, सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह
अरुपनि पढ्नुहोस
सबै
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

















