काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

नवलपुर टुडे

सारांश
- काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारमा स्वदेशी फूल बिक्रीका लागि विभिन्न ३३ वटा स्थानहरू तोकेको छ।
- नेपाली किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित गर्न र मागलाई स्वदेशी उत्पादनबाटै धान्न महानगरले यो व्यवस्था मिलाएको हो।
- महानगरले वातावरण संरक्षण ऐનअनुसार प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२) सँग, बिग मार्ट, शङ्खमूलका लागि विपिन रावल ( ९८४८६४३२९७) सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ ।
यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्कवेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।
यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।
वातावरण व्यवस्थापन विभागले भनेको छ, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ । कामपालेसमेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा निषेध गरेको छ ।”
फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको हो ।

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
















