Opens in a new tab

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

राम नारायण

399Shares

सारांश

  • सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ।
  • कार्यक्रमका वक्ताहरूले देशको विकास र समृद्धिका लागि तीनै तह (संघ, प्रदेश र स्थानीय) मा रास्वपाको नेतृत्वमा सरकार हुनुपर्नेमा जोड दिएका छन्।
  • सोही अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रबाट ३५ जनाभन्दा बढी व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्।
dida bag ad

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ सडेपारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार आयोजित कार्यक्रममा वक्ताहरूले प्रदेश र स्थानीय तहमा समेत रास्वपाको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकिसुन यादवले विकास र समृद्धिका लागि तीनै तहमा रास्वपाको नेतृत्व आवश्यक रहेको बताए।

वडा सभापति पञ्चदेव मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रसँग आबद्ध ३५ जना रास्वपामा प्रवेश गरेको आयोजकले जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै