Opens in a new tab

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

नवलपुर टुडे

395Shares

सारांश

  • नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तिहारलाई लक्षित गरी आगामी बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
  • सेवाग्राहीले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामको चाँदीको मेडालियन बढीमा दुई थानसम्म खरिद गर्न सक्नेछन्।
  • खरिदकर्ताले नेपाली नागरिकता वा परिचयपत्रसहित स्वयं उपस्थित भई नगद वा क्युआरमार्फत भुक्तानी गरी ११ बजेदेखि ३ बजेसम्म सिक्का लिन सक्नेछन्।
dida bag ad
काठमाडौँ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक/एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

२०८३ कार्तिक १८ | बिहान ११:०७ बजे