Opens in a new tab

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नवलपुर टुडे

3.2KShares

सारांश

  • चितवनको भरतपुर महानगरपालिका-२७ स्थित सामुदायिक वनमा निउरो टिप्न गएका ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको छ।
  • घटनालगत्तै प्रहरी, सेना, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त टोलीद्वारा गरिएको खोजी कार्यका क्रममा उनको शव फेला परेको हो।
  • शव फेला परेको स्थान नजिकै रहेको बाघलाई निकुञ्ज प्रशासनले डार्ट गरी नियन्त्रणमा लिएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।
dida bag ad

चितवन, कात्तिक १८ । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोलाको छेउमा निउरो टिप्न गएका स्थानीय ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।

मंगलबार दिउँसो करिब २ बजे चार जना साथीहरूसँग निउरो टिप्न गएका महतोलाई बाघले आक्रमण गरी लगेको उनका साथीहरूले बताएका छन्। घटनाबारे सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराइएको थियो। जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीय बासिन्दा तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो।

खोजी गर्ने क्रममा आज बिहान बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै