नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा ‘सुकुन्दा र्याली’ निकालिने भएको छ।
- आगामी कात्तिक २१ गते शनिबार साँझ ४ बजे लगनटोलबाट सुरु हुने उक्त र्याली विभिन्न भित्री गल्ली हुँदै तेबहालसम्म पुग्नेछ।
- महामन्त्री गगनकुमार थापाको सहभागिता रहने यस कार्यक्रमले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा ‘सुकुन्दा र्याली’ आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४:०० बजे काठमाडौँको लगनटोलबाट र्याली सुरु हुनेछ । उक्त र्याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म हुने सभापति वैद्यले बताए ।

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
अरुपनि पढ्नुहोस
सबै

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
















