बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

नवलपुर टुडे

सारांश
- झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
- विद्युत् सर्ट भई लागेको यो आगोले एक घर, इलेक्ट्रोनिक्स पसल र फार्मेसी पूर्ण रूपमा जलेका छन्।
- सातवटा दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।

झापा । झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब ६ करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो ।
घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार, आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब तीन करोड, निरिका फार्मेसी तथा गोदाममा रु एक करोड र घरधनी मण्डलको घरमा दुई करोड बराबरको क्षति भएको छ ।
आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत आगो नियन्त्रणमा खटिएका थिए । घण्टौँको प्रयासपछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती
अरुपनि पढ्नुहोस
सबै
कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु
















