औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

नवलपुर टुडे

सारांश
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले त्रिपुरेश्वरमा ‘नेपाल प्रत्यायन केन्द्र’को उद्घाटन गर्नुभएको छ।
- यस केन्द्रको स्थापनासँगै अब प्रयोगशाला तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै सेवा प्राप्त गर्ने र विदेशी निकायमाथिको निर्भरता कम हुनेछ।
- यसले उद्योगको लागत घटाउन, नेपाली उत्पादनको गुणस्तर वृद्धि गर्न तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

काठमाडौँ । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना गरेको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरे ।
उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा केन्द्रको सञ्चालन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।
मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ ।
यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ ।
केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
“नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तरराष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तरराष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन पनि सहयोग पुग्नेछ,” मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै केन्द्रको स्थापना गरिएको हो ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















