राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

राम नारायण

सारांश
- राजविराज विमानस्थलबाट काठमाडौं जाने बुद्ध एयरको उडान १० घण्टाभन्दा बढी ढिलाइ हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्न बाध्य भए।
- विमानको चक्का पञ्चर हुने लगायतका प्राविधिक समस्या आएपछि प्राविधिक टोलीले मर्मत गरेर राति मात्र विमान काठमाडौं उड्यो।
- नियमित उडानमा मात्र निर्भर यस विमानस्थलमा बेलाबेला हुने यस्ता ढिलाइले हवाई सेवाको विश्वसनीयता र यात्रु सुविधामाथि प्रश्न उठाएको छ।

राजविराज । राजविराज विमानस्थलबाट काठमाडौंका लागि बुद्ध एयरको उडान १० घण्टाभन्दा बढी ढिलाइ हुँदा यात्रुहरू ठूलो सास्ती भोग्न बाध्य भएका छन् ।
सोमबार दिउँसो १ बजेदेखि विमानस्थलमा उडानको प्रतीक्षामा बसेका यात्रुहरूले लामो समयसम्म विमान नआउँदा सास्ती खेप्पनु परेको हो । काठमाडौंबाट दिउँसो २ बजे राजविराज आउनुपर्ने बुद्ध एयरको विमान साँझ ५ः३० बजे मात्र आइपुगेको थियो ।
विमानको प्राविधिक टोली काठमाडौंबाट विराटनगर हुँदै राजविराज पुगेको थियो । विमानको चक्का पञ्चर भएपछि उडानमा ढिलाइ भएको बताइएको छ । प्राविधिक समस्या समाधान गरी यात्रुहरूको पुनः जाँच (रिचेक) गरेपछि बुद्ध एयरको विमान राति १०ः३३ बजे राजविराजबाट यात्रु लिएर काठमाडौंका लागि उडेको थियो ।
लामो समयसम्म विमानस्थलमै प्रतीक्षा गर्नुपर्दा यात्रुहरू निकै समस्यामा परेका थिए । विदेश जाने यात्रुदेखि विभिन्न कामका लागि काठमाडौं जानुपर्ने यात्रुसमेत उडान ढिलाइका कारण प्रभावित भएका छन् ।
एउटै मात्र नियमित उडानमा निर्भर राजविराज विमानस्थलमा प्राविधिक समस्याका कारण घण्टौँसम्म उडान प्रभावित हुँदा यात्रुले भोग्नुपरेको सास्तीले हवाई सेवाको विश्वसनीयता र यात्रु सुविधामाथि प्रश्न उठाएको छ ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















