स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
- जिल्ला प्रहरी कार्यालयको आयोजना तथा प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।
- कार्यक्रममा स्थानीय नागरिकका गुनासा तथा सुझावहरू संकलन गर्दै सुरक्षा निकाय र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल गरिएको थियो।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १, नेउलागञ्जमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
‘सुशासनको आधार : प्रभावकारी सेवा प्रवाह र नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र विजयनगर गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्ट र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा नागरिकका समस्या र गुनासाका विषयमा छलफल गरिएको थियो।
नागरिकका गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्दै सुरक्षा निकाय र स्थानीय नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















