Opens in a new tab

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

नवलपुर टुडे

369Shares

सारांश

  • बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परि ६ जना घाइते भएका छन् भने तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
  • ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।
dida bag ad

बझाङ । बझाङमा जिप दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।
बुधबार बिहान केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ।

केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय पे्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन्।

केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन्। उनीहरुलाई स्थानीयले उद्दार गरी अस्पताल ल्याइरहेका छन्। घटनास्थल पुग्न प्रहरीलाई भने अझै समय लाग्ने डीएसपी जोराले बताए।

प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

२०८३ कार्तिक १८ | बिहान ११:०७ बजे