Opens in a new tab

बडीमालिका नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला निषेध

नवलपुर टुडे

1.2KShares

सारांश

  • बडीमालिका नगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला र सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाएको छ।
  • स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिँदै वातावरण संरक्षण र स्थानीय किसानको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।
  • नियमको अवज्ञा गरेर प्लास्टिकजन्य सामग्री बिक्री गरेको पाइएमा त्यस्ता वस्तुहरू जफत गरिने चेतावनी दिइएको छ।
dida bag ad

बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ।

नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीहरुलाई अनुरोध गरेको हो।

पालिकाले स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन पनि सबै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो।

स्थानीय उत्पादनको प्रबद्र्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ।

निर्णय अवेज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिइएको छ।

नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूल खेतीमा आकर्षित गरी आम्दानीको स्रोत सुनिश्चित गर्न आयातित प्लास्टिकजन्य सामग्री निषेध गरिएको बताए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे