ब्राजिलको राष्ट्रपति निर्वाचन : ५० प्रतिशत मतगणना हुँदा लुलाको अग्रता

नवलपुर टुडे

सारांश
- ब्राजिलको राष्ट्रपति निर्वाचनको ५० प्रतिशत मतगणना हुँदा वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा. सिल्भाले अग्रता लिएका छन्।
- लुलाको बलियो पकड रहेका उत्तरपूर्वी राज्यहरूको मतगणना सुरु भएपछि उनले दक्षिणपन्थी प्रतिद्वन्द्वीलाई पछि पारेका हुन्।
- मतदानमा देखिएको उच्च सहभागिता र पछिल्लो मतगणनाको गतिले लुला पुनः निर्वाचित हुने संकेत देखाएको विश्लेषकहरूले बताएका छन्।

काठमाडौं । ब्राजिलमा आइतबार भएको दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा ५० प्रतिशत मतगणना सकिँदा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले दक्षिणपन्थी सिनेटर फ्ल्याभियो बोल्सोनारोलाई पछि पार्दै अग्रता लिएका छन् ।
लुलाको बलियो पकड रहेको उत्तरपूर्वी क्षेत्रका राज्यबाट मतगणनाको नतिजा आउन थालेपछि उनले अग्रता बनाएका हुन् ।
मतदानमा अपेक्षाभन्दा बढी सहभागिता हुँदा लुलालाई फाइदा पुगेको विश्लेषकहरूको आकलन छ । अनुसन्धान संस्था एटलासइन्टेलका प्रमुख कार्यकारी एन्ड्रे रोमानले रोयटर्ससँग कुरा गर्दै लुला पुनः निर्वाचित हुने संकेत गरेका छन् ।
ब्राजिलमा प्रारम्भिक मतगणनामा प्रायः अनुदारवादी उमेदवारले अग्रता लिने गर्छन् । तर, गरिब तथा बढी जनसंख्या भएका उत्तरपूर्वी राज्यको मतगणना अघि बढ्दै जाँदा वामपन्थी उमेदवारको स्थिति बलियो हुने गरेको छ ।
ब्रासिलियाको स्थानीय समयअनुसार राति ८ः३० बजेसम्म ५० प्रतिशत मतगणना सकिँदा सुरुआतमा अग्रता लिएका बोल्सोनारोलाई पछि पार्दै लुलाले अग्रता कायम गरेका हुन् । रोयटर्स

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
अरुपनि पढ्नुहोस
सबै

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
















