फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

नवलपुर टुडे

सारांश
- फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा लगभग एक हजारजना प्रदर्शनकारी पक्राउ परेका छन्।
- गृहमन्त्री लोरेन्ट नुनेजले लुटपाटका घटनाहरू रोक्न सफल भएको बताउँदै अन्तिम विवरण आउँदा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने जानकारी दिएका छन्।
- गत साताको तुलनामा यसपटकको प्रदर्शनमा कम अशान्ति फैलिएको भए पनि विभिन्न सहरहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडपका घटनाहरू भएका छन्।
काठमाडौं । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् ।
फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन भइरहेको र यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।
“विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटना रोक्न सफल भएका छौँ,” नुनेजले भने ।
फ्रान्सका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका विवरण प्राप्त भए पनि गत शनिबारको तुलनामा यसपटक अशान्ति कम फैलिएको बताइएको छ । गत साता देशभरका भवनमा तोडफोड र आगजनी हुनुका साथै करिब एक हजार ५०० पसलमा लुटपाट भएको थियो ।
गृहमन्त्री नुनेजले गत हप्ताको अन्त्यतिर प्रदर्शनका क्रममा मात्रै दुई हजार ७०० भन्दा बढी व्यक्ति पक्राउ परेको बताएका थिए ।

रसुवामा अवस्थित तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री महावीर पुनको चासो

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँमा तरकारी तथा धान जोन विस्तार हुँदै, झन्डै चार हजार किसान लाभान्वित
अरुपनि पढ्नुहोस
सबै
आज बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

पर्वतको कुश्माबाट यस्ताे देखियाे माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत
















