एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

नवलपुर टुडे

सारांश
- नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुभएको छ।
- राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि भने आवश्यकताअनुसार अन्य दलहरूसँग पनि सहकार्य गर्न सकिने उहाँले बताउनुभयो।
- सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेका बेला दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उहाँको दाबी छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमाले र नेकपाको चरित्र नै फरक रहेको दाबी गरे ।
“राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर, यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन,” प्रचण्डले भने ।
जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको प्रचण्डको भनाइ छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उनको दाबी छ । “नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ,” प्रचण्डले भने ।
राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण
अरुपनि पढ्नुहोस
सबै
सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
















