Opens in a new tab

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

अशोक यादव

299Shares

सारांश

  • रास्वपाका गरुडा नगर सभापति गजेन्द्र महतो कोइरीले छठ पर्वको अवसरमा दलित बस्तीका व्रतालुहरूलाई १५१ वटा दौरा–सुपली वितरण गर्नुभएको छ।
  • शिवनगर र महम्मदपुरका दलित बस्तीमा पुगेर गरिएको यो सहयोगले स्थानीय व्रतालुहरूलाई छठ पर्वको तयारी तथा पूजाआजा गर्न सहज हुने अपेक्षा गरिएको छ।
  • सो अवसरमा उहाँले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सबैलाई आपसी सद्भाव र एकताका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ।

रौतहट। रौतहटको गरुडा नगरपालिका–५ का वडा अध्यक्षका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक गरुडा नगर सभापति गजेन्द्र महतो कोइरी (रामशंकर महतो) ले छठ पर्वको अवसरमा दलित बस्तीका व्रतालुहरूलाई १५१ वटा दौरा–सुपली वितरण गरेका छन्।

महतोले गरुडा नगरपालिका–५ अन्तर्गत पर्ने शिवनगर र महम्मदपुरका दलित बस्तीमा पुगेर छठ पर्व मनाउने व्रतालुहरूलाई दौरा–सुपली वितरण गरेका हुन्। सो अवसरमा उनले छठ पर्वको शुभकामना व्यक्त गर्दै पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सबैले आपसी सद्भाव र एकताका साथ पर्व मनाउन आग्रह गरेका छन्।

छठ पर्वका अवसरमा व्रतालुहरूलाई आवश्यक पर्ने दौरा–सुपली वितरणले उनीहरूलाई पर्व मनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तराई–मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वमा बाँसबाट बनेका दौरा–सुपली पूजासामग्री राख्न प्रयोग गरिन्छन्।

महतोको यस कार्यले स्थानीय समुदायमा छठ पर्वको तयारीमा सहयोग पुग्ने विश्वास गरिएको छ।