सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

प्रदिप सिंह

सारांश
- सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइल चोकमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।
- गम्भीर घाइते भएका ३५ वर्षीय विवेक बलम्पाकी मगरलाई स्थानीय उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको छ।
- प्रहरीले दुर्घटनामा संलग्न बस र चालक कृष्णबहादुर राणालाई नियन्त्रণमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइल चोकमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्। घाइते हुनेमा धनगढीमाई नगरपालिका–१० निवासी चित्रबहादुर बलम्पाकी मगरका करिब ३५ वर्षीय छोरा विवेक बलम्पाकी मगर रहेका छन्।
विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ५२८५ नम्बरको बसले ठक्कर दिँदा मगर गम्भीर घाइते भएका हुन्। घाइते मगरको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीले बस र चालक कृष्णबहादुर राणालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ।

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
अरुपनि पढ्नुहोस
सबै
धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा
















