Opens in a new tab

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

नन्द किशोर कुर्मी (लालु)

29Shares

सारांश

  • स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा चालक ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको छ।
  • शुक्रवार भएको उक्त दुर्घटनामा ग २६ प १३५० नम्बरको स्कुटर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
  • दुर्घटनामा स्कुटर पछाडि सवार मृतककी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ।

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
स्याङजा, ६ असोज । स्याङजाको बिरुवा गाउँपालिका ३ ठाटीस्थित राङखोला बिरुवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार मृत्यु हुनेमा बिरुवा गाउँपालिका २ बस्ने ३९ वर्षीय रेवती गुरुङ रहेकी छिन् ।

बिरुवा गाउँपालिका ३ ठाटीस्थित राङखोला बिरुवा सडकखण्डमा गुरुङले चलाएको ग २६ प १३५० नं.को स्कुटर शुक्रबार नियन्त्रण गुमाई दुर्घटना भएको थियो ।

स्कुटर सडकभन्दा अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटर पछाडी सवार उनको छोरी बर्ष १६ की गुञ्जन गुरुङ सकुशल रहेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ