Opens in a new tab

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नवलपुर टुडे

325Shares

सारांश

  • हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • दिउँसो पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
  • तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।