लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

नवलपुर टुडे

सारांश
- रसुवाको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि पूर्णरूपमा खुला गरिएको छ।
- पदयात्रीहरूका लागि काठमाडौंबाट धुन्चे हुँदै अथवा चिसापानी र गोसाइँकुण्ड हुँदै क्यान्जिन पुग्नेगरी दुईवटा वैकल्पिक मार्ग उपलब्ध छन्।
- टानले पर्यटक तथा व्यवसायीहरूलाई यात्रा सुरु गर्नुअघि पदमार्गको अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौं । लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ ।
पहिलो विकल्पअनुसार काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ ।
दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।
टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै
अरुपनि पढ्नुहोस
सबै
प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य
















