एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

नवलपुर टुडे

सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ।
- साधारण टिकटको मूल्य ५०० देखि एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजारदेखि दुई हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।
- टिकटहरू आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य निर्धारण गरेको छ। क्यानका अनुसार लिग चरणका खेलका लागि साधारणतर्फको टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
क्यानका अनुसार एनपिएलका टिकटहरू आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ। तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।


पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै
अरुपनि पढ्नुहोस
सबै
बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
















