Opens in a new tab

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

जगत ठाडा मगर

5.6KShares

सारांश

  • नवलपुरको बुलिङटारमा आयोजित कार्यक्रममा भएको झडपमा परि २५ वर्षीय छबिराज खण्डालुक गम्भीर घाइते भएका छन्।
  • घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जना युवालाई पक्राउ गरी उनीहरूको साथबाट एक थान खुकुरी र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
  • सांस्कृतिक कार्यक्रममा होहल्ला नगर्न सम्झाउने क्रममा विवाद हुँदा खण्डालुकमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

 

बुलिङटार । नवलपुरको बुलिङटारमा कुटपिट तथा झडपमा परी १ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुलिङटार गाउँपालिका १ ढाँडबेसी निवासी २५ को छबिराज खण्डालुक घाइते भएका छन् । उनको टाउकोमा चोट लागि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको बुलिङटार गाउँपालिका- १ ढाँडबेसीमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा भएको कुटपिटमा खण्डालुक घाइते भएका हुन।

प्रहरीका अनुसार कुटपिटमा सम्लग्न तनहुँको देवघाट १ निवासी १९ बर्षीय सन्तोष थापा, देवघाट १ निवासी २१ बर्षीय मुनाल मगर, नवलपुरको गैडाकोट- ४ निवासी २१ बर्षीय नविन ठाडा मगर, गैडाकोट- ४ निवासी २४ बर्षीय आवाज गुरुङ, गैडाकोट- १ निवासी २३ बर्षीय रोशन आले मगर र चितवन जिल्लाको कालिका नगरपालिका- ७ निवासी २० बर्षीय भुपिन थापा मगरलाई प्रहरीले पक्राउ गरेका छन ।

उनीहरुको साथबाट १ थान खुकुरी, उनीहरुले प्रयोग गरेको लु.प्र.०१–००९ प ९४६८ र बा. प्र. ०६–००८ प ४६८३ नम्बरको दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले नवलपुर टुडेलाई जानकारी गराएको छ । सांस्कृतिक कार्यक्रममा होहल्ला नगर्न र सम्झाउँदा खण्डलुक माथि कुुटपिट भएको प्रहरीले जनाएको छ ।