Opens in a new tab

नेपालमा पहिलोपटक आइसिसी यु–१९ विश्वकप, १५ खेल त्रिवि र मूलपानी मैदानमा खेलाइने

नवलपुर टुडे

897Shares

सारांश

  • नेपाल र बङ्गलादेशको संयुक्त आयोजनामा हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपका कुल ४१ मध्ये १५ खेल नेपालमा सञ्चालन हुनेछन्।
  • नेपालमा हुने यी खेलहरू त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुनेछन्।
  • प्रतियोगिताको समूह चरणमा नेपालले भारत, आयरल्याण्ड र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।

नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ ।

नेपालले पहिलोपटक यु–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।