एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

नवलपुर टुडे

सारांश
- भारतको अहमदाबादमा अक्टोबर २२ देखि ३१ सम्म सञ्चालन हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन १८ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ।
- केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा गएको उक्त टोलीमा बिभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने ११ जना खेलाडीहरू, ५ जना अभिभावक र १ जना निर्णायक रहेका छन्।
- यस प्रतियोगिताले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेलप्रतिको प्रतिभा प्रदर्शन गर्ने र क्षेत्रीय प्रतिस्पर्धाबाट बहुमूल्य अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।
काठमाडौं, कात्तिक ६। भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका छन्।
नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृवमा विभिन्न उमेर समूहका ११खेलाडी, ५जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी गराएका छन्। प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर के.सी.ले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनद्वारा हस्ताक्षरित पत्रमा सहभागी हुने खेलाडी तथा टोलीका सदस्यहरूको यात्रा र सहभागिता सहज बनाउन सम्बन्धित निकाय तथा संस्थाहरूलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।
पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए।
राजु ताम्राकार
प्रवक्ता

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
अरुपनि पढ्नुहोस
सबै
कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

नेपालमा पहिलोपटक आइसिसी यु–१९ विश्वकप, १५ खेल त्रिवि र मूलपानी मैदानमा खेलाइने
















