Opens in a new tab

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

रासस

299Shares
फाइल तस्बिर

सारांश

  • बाँकेको जानकी गाउँपालिकास्थित अम्बे स्टिल सरिया कम्पनीमा फर्नेस आयलको ट्यांकीमा आगलागी भएको छ।
  • विद्युत सर्किट चुहावट हुँदा भएको उक्त आगलागीबाट करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
  • नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा एक घण्टाभित्रै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

राँझा । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्यांकीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ ।

बिहीबार बिहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्किट चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

उनका अनुसार, आगलागीबाट रु एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।