Opens in a new tab

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

उमेश रोकाया

7.1KShares

सारांश

  • बाजुराको हिमाली गाउँपालिकामा बडादशैँको अवसरमा ‘सामाजिक सद्भाव र संस्कृति संरक्षण’ भन्ने नारासहित बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा सुदूरपश्चिमको मौलिक देउडा खेल, स्थानीय नृत्य तथा कुरीतिविरुद्धको सडक नाटक प्रस्तुत गरिएको थियो।
  • दशैँको अवसरमा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुका साथै गाउँ फर्किएका आफन्तबीचको भेटघाटले आपसी आत्मीयतालाई प्रगाढ बनाएको छ।

बाजुरा, कार्तिक ५ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा बडादशैँ तथा विजय दशमीको पावन अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान समारोह भव्य रूपमा सम्पन्न भएको छ। यसले दशै अवसरको भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो । ​‘सामाजिक सद्भाव र संस्कृति संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा गाउँका मान्यजन, युवा, महिला तथा बालबालिकाहरूको बाक्लो उपस्थिति रहेको थियो।

​सांस्कृतिक रौनकसँगै सचेतनामूलक प्रस्तुति
​कार्यक्रममा सुदूरपश्चिमको मौलिक चिनारीका रूपमा रहेको देउडा गीत तथा खेल प्रस्तुत गरिएको थियो। स्थानीय कलाकार तथा देउडियाहरूले पौराणिक कथा, सामाजिक परिवेश र गाउँघरको मायाप्रेम समेटिएका भाकाहरू प्रस्तुत गर्दा उपस्थित सबै मन्त्रमुग्ध भएका स्थानीय युवा सुर्य भण्डारीले बताउनुभयो ।

​त्यसैगरी, स्थानीय युवा तथा बालबालिकाहरूले विभिन्न लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै समाजमा विद्यमान कुरीति र विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक समेत मञ्चन गरेका थिए। सडक नाटकले एकातिर मनोरञ्जन दिलाएको थियो भने अर्कोतिर सामाजिक सन्देश प्रवाह गर्न सफल भएको थियो।

​मान्यजनबाट टिका र आशिर्वाद कार्यक्रमको मुख्य आकर्षणका रूपमा मान्यजनहरूबाट टीका तथा जमरा ग्रहण गर्ने कार्यक्रम रहेको थियो। मान्यजन तथा ज्येष्ठ नागरिकहरूको हातबाट शुभ-आशिर्वाद लिँदै आपसमा बडादशैँको शुभकामना व्यक्त गरिएको अन्नत रावलले बताउनुभयो ।

​लामो समयपछि परदेश तथा सहरबाट गाउँ फर्किएका आफन्त, साथीभाइ र गाउँलेहरूबीचको यो भेटघाटले आपसी सद्भाव र आत्मीयतालाई अझ प्रगाढ बनाएको स्थानीयहरूले बताएका छन्।

“यस्ता सांस्कृतिक कार्यक्रमहरूले हाम्रा पुराना मौलिक परम्परा, देउडा र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न ठूलो सहयोग पुर्याउँछन्। यसले सम्पूर्ण पाँडीवासीलाई एउटै सूत्रमा बाँधेर आपसी र एकता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।” सम्पूर्ण गाउँलेले हर्षोल्लासका साथ विजय दशमी मनाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्।