पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

नवलपुर टुडे

सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज चीन प्रस्थान गरेकी छिन्।
- अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुने उक्त सम्मेलनलाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
- सम्मेलनमा विश्व शान्ति, जलवायु परिवर्तन, दिगो विकास र बहुपक्षीयताको प्रवर्द्धनलगायतका महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ।
सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ।
फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ।
त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

नेपालमा पहिलोपटक आइसिसी यु–१९ विश्वकप, १५ खेल त्रिवि र मूलपानी मैदानमा खेलाइने

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर(सुचिसहित)

मिथिलामा विजया दशमीको उल्लास, महोत्तरीमा मनाइयो रावणवध लीला
















