खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

नवलपुर टुडे

सारांश
- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा विद्युत् फल्ट हुँदा कृष्णकुमार राईका दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।
- राति भएको उक्त आगलागी जनप्रतिनिधि, स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको थियो।
- घटनामा नगद २० हजार रुपैयाँ, लत्ताकपडा, खाद्यान्न तथा महत्त्वपूर्ण कागजातसहितका सामग्री जलेर नष्ट भएको छ।
काठमाडौँ । विद्युत् फल्ट (चुहावट) हुँदा खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा दुई घर जलेर नष्ट भएका छन् ।
गएराति करिब नौ बजे मंगलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारकी श्रीमती तारा र कान्छा छोरा मात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् ।
जस्तापाताको छाना तथा ढुंगा–माटोले बनेको दुईतले घरमा विद्युत्काे फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रातको समयमा भएको आगलागी जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए ।
आगलागीबाट कृष्णकुमारका दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार रुपैयाँ, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, महत्त्वपूर्ण कागजातलगायत सामग्री जलेर नष्ट भएको जनाइएको छ ।
आगलागीको घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















