Opens in a new tab

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

नवलपुर टुडे

299Shares

सारांश

  • बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका ४३ वर्षीय चन्द्र दमाई केसी पक्राउ परेका छन्।
  • सिन्धुपाल्चोक घर भई तारकेश्वरमा बस्दै आएका केसी गत भदौ २४ गते कारागारबाट फरार भएका थिए।
  • प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरेर पुनः कारागार चलान गरेको छ।

काठमाडौँ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार निज दमाई केसी २०८२ भदौ २४ गते फरार भएका थिए । उनी बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

केसीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जनाएको छ ।