मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

नवलपुर टुडे

सारांश
- ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले बूढीगण्डकीको बाढीले क्षतिग्रस्त मनास्लु लार्केपास पदमार्ग मर्मतपछि आंशिक रूपमा सञ्चालनमा आएकाले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
- यारु बगरको नियमित पदमार्गमा केही कठिनाई रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने र क्यान्टिभर पुल बन्द रहेको चुम उपत्यकाको मार्ग करिब एक सातामा खुल्ने जनाइएको छ।
- रसुवाको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्रका पदयात्रा मार्गहरू पनि खुला गरिएको छ।
काठमाडौँ । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ ।
टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ ।
उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो ।
पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ ।
कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला यस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ ।
पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।
टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
अरुपनि पढ्नुहोस
सबै
खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
















