प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

रासस

सारांश
- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी र प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
- सङ्कलित रकम ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उठाइएको हो जसलाई वार्षिक योजनाअनुसार स्थानीय विकास र संरक्षणमा खर्च गरिन्छ।
- यस क्षेत्रमा जडीबुटी सङ्कलन तथा विदेशी पर्यटकको प्रवेश शुल्कले स्थानीयको आयआर्जन र राज्यकोषमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा रु पाँच करोड ७७ लाख १६ हजार ७८१ र आव २०८०/८१ रु तीन करोड ९० लाख ९८ हजार ९९१ सङ्कलन भएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । “प्राकृतिक स्रोतको उपयोगबाट सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन्”, उनले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायतका जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ ।
आयोजना कार्यालयले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेको छ । संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति
















