बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

नवलपुर टुडे

सारांश
- बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी र भारी वर्षाको सम्भावना रहेको छ।
- मौसमविद्ले पाकेको धान जोगाउन मंगलबारअगावै काटेर सुरक्षित रूपमा भित्र्याउन किसानहरूलाई सुझाव दिएका छन्।
- उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूलाई आधिकारिक सूचना हेरेर मात्र योजना बनाउन आग्रह गरिएको छ।
काठमाडौं । बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ ।
विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेल भन्छन् ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ ।
मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । “यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ ।
भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।
“करिब एक महिनाअघि पनि यस्तै प्रणालीले नेपालमा भारी वर्षा गराएको थियो, जुन पूर्वानुमान गरिएको समयभन्दा एक दिनअगावै सुरु भएको थियो,” मौसमविद् पोखरेल लेख्छन्, “त्यसैले यसपटक पनि वर्षा सुरु हुने समय, स्थान र मात्रा केही फेरिन सक्छ ।”

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
अरुपनि पढ्नुहोस
सबै
लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
















