सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

राम नारायण

सारांश
- सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा छिमेकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
- कुटपिटबाट घाइते भएका तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको छ।
- पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट अनुमति लिएर अनुसन्धान सुरु गरिएको छ।
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा छिमेकीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्थानीय १९ वर्षीय हिमेश पासवान र सोही ठायँ १९ वर्षीय श्रीचन्द्र मण्डललाई कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले छिमेकी १८ वर्षीय राहुल सरबरिया, १९ वर्षीय श्रवण सदा र १८ वर्षीय राजु सदालाई कुटपिट गरि घाइते बनाएको आरोप रहेको छ ।
२०८३ कार्तिक ४ गते जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित विद्युत कार्यालय अगाडि झै–झगडा कुटपिट भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुटपिटबाट घाइते तीनै जनाको उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाहरू विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी सप्तरी जिल्ला अदालतबा समर्थन लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
अरुपनि पढ्नुहोस
सबै
धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा
















