Opens in a new tab

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नवलपुर टुडे

298Shares

सारांश

  • काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
  • कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी चलाउने १०२, तीव्र गति, रातो बत्ती र सिसी क्यामराबाट नियम मिच्ने अन्य चालकहरू रहेका छन्।
  • चाडपर्वको समयमा सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले नियम विपरित चलाउने सवारीसाधनमाथि निगरानी कडा बनाएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ।