मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रासस

सारांश
- विपद् र बेनी-जोमसोम सडक अवरुद्ध भएर सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र दसैँपछि भने फेरि चलायमान हुन थालेको छ।
- दसैँको टीकापछिका दुई दिनमा मात्रै स्वदेशी तथा विदेशी गरी सात हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका छन्।
- दसैँ, तिहार र छठ पर्वको बिदामा यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकको उपस्थिति अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी-जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ।
यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी-जोमसोम सडकमार्गबाट पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए।
प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिँदा चार हजार ४०९ अर्थात् (७७ दशमलव ८५) प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
प्राकृतिक विपद्का कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ।
प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ टिकापछिको पहिलो दिन बिहीबार तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
दसैँपछि मुस्ताङ भ्रमण गर्ने दैनिक औसत क्रमशः वृद्धि हुँदै जान थालेको प्रहरी निरक्षक महतको भनाइ छ। चालु वर्षको साउनमा तीस हजार ५३४ जना, भदौमा बीस हजार २६८ जना र असोज महिनामा अठार हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।
दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ। दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तिय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन्।
यसपटक पनि दसैँ-तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन्।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल, टिटी ताल लगायतका यहाँका दर्जनौँ पर्यटक गन्तव्यहरू रहेका मुस्ताङमा पर्यटकको आकर्षण बढ्दो रहेको छ।
यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधिता, हिमाली भू–दृश्य र प्राकृतिक सौन्र्दयताले मुस्ताङमा पर्यटक उपस्थिति हुने गरेको छ। भोटेकोशी बाढी घटना र बेनी-जोमसोम अवरुद्धका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ।

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
अरुपनि पढ्नुहोस
सबै
बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

धनुषामा बालिकालाई ब्ल्याकमेलिङ गरेको आरोपमा चारजना पक्राउ
















