नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

नवलपुर टुडे

सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ।
- पेरिसडाँडामा हुने उद्घाटन कार्यक्रमलाई पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
- अभियानका क्रममा सङ्गठन सुदृढीकरण, जनजीविकाका सवाल उठाउनुका साथै महँगी र भ्रष्टाचारविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले बताए।
अभियान उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा पार्टी सङ्गठन सुदृढीकरण, सदस्यता नवीकरण तथा विस्तार, पार्टी समायोजन र वडा तथा पालिका अधिवेशनलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी, जनजीविकाका समस्या उठान, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन, विपद् प्रभावितलाई सहयोग तथा महँगी, भ्रष्टाचार र बेरोजगारीविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नेकपाले जनाएको छ।

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण

सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग
अरुपनि पढ्नुहोस
सबै
रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह

बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर

आज दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

सिरहाको जिरोमाइलमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
















