स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज

एजेन्सी


तेहरान । इरानले स्ट्रेट अफ होर्मुज हुँदै अवैध र असुरक्षित मार्ग प्रयोग गर्न खोजेका केही जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य बनाएको छ । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले सोमबार एक उच्च स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
रिपोर्टअनुसार छ वटा जहाजले आफ्नो नेभिगेसन तथा अवस्थिति पहिचान गर्ने प्रणाली बन्द गरेर स्ट्रेट अफ होर्मुजको दक्षिणी भागबाट अवैध र असुरक्षित मार्ग प्रयोग गर्ने प्रयास गरेका थिए । इरानले ती जहाजहरूले अमेरिकी सेनाको प्रोत्साहनमा यस्तो कदम चालेको आरोप पनि लगाएको छ ।
यसअघि आइतबार पनि आईआरआईबीले इरानी सुरक्षाबलले पटक–पटक चेतावनी दिएपछि कम्तीमा छ वटा जहाजलाई समुद्रमै लंगर हाल्न र इरानी समुद्री आदेश पालना गर्न बाध्य बनाइएको जनाएको थियो । स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो । विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यस क्षेत्रको तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पार्ने गरेको छ ।

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















