मनोरन्जन

बहुचर्चित गायक ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

रिदेन महर्जन
२०८३ साउन ५ | मध्यान्ह ०४:०४ बजे

काठमाडाैं । नेपाली बहुचर्चित गायक ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।

भक्तिरस एवम् माया प्रेमले भरिएकाे यस म्यूजिक भिडियाेकाे शब्द रचना भानुभक्त ढकालकाे रहेकाे छ । संगीत र एरेन्ज एवम् स्वर ओम सुनारका साथै निर्मला लामा, माया जीएमआर, सकुन कार्की र मुना शाहकाे रहेकाे छ ।

तीज लक्षित निर्माण गरिएकाे म्यूजिक भिडियाेकाे गीत रेकर्डिङ, मिक्सिङ र मास्टरिङ नरेश बीबीसीले गरेका छन् ।

यस म्यूजिक भिडियाेकाे निर्देशक बिचल किराती (राई माइला बा) रहेका छन् । भने फिचरिङ खगेन्द्र गिरी, रबित बलामी, रचना गुरुङ, पार्वती ढकाल राई, पासाङ शेर्पा र हुतुतु परिवार तथा क्यामेरा प्रवीण सुबेदी, सम्पादन दिनसान शाह कोरियोग्राफी अनिल सुनुवार रहेका छन् ।

मनाेरञ्जन भरिपूर्ण यस म्यूजिक भिडियाेकाे निर्माताहरू जेम्स श्रेष्ठ, अलिन ठकुरी (मिस्टर डेभिल), बिना क्षेत्री सिंह, सीता खनाल प्रमिला राई, बिन्दु गौतम, सुमी तामाङ र राज कटवाल रहेका छन ।

म्यूजिक भिडियाे तलकाे लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :
https://youtu.be/kM0iMXUIu5g?si=NY4Z-m1R1471leHTHe Pashupati | Om Sunar | Nirmala Lama | Maya GMR | Sakun karki | Muna Shah | New Nepali Teej Song |
youtu.be

कमेन्टहरु