इरान र ओमानबिच स्ट्रेट अफ होर्मुजबारे वार्ता

एजेन्सी


तेहरान । इरान र ओमानका उपविदेशमन्त्रीहरूले पछिल्ला दुई दिन तेहरानमा स्ट्रेट अफ होर्मुजबारे उच्चस्तरीय वार्ता गरेका छन् ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आइतबार टेलिग्राममार्फत यसको जानकारी दिएका हुन् । बाघाईका अनुसार दुवै पक्षले स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र कार्यान्वयन संयन्त्रबारे विचार आदानप्रदान गरेका छन् ।
बाघाईका अनुसार हालसम्म स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री यातायातको अवस्थामा कुनै परिवर्तन आएको छैन । उनले ओमानी प्रतिनिधिमण्डल तेहरानबाट फर्किसकेको र दुवै देशबिच प्राविधिक तथा राजनीतिक तहमा परामर्श निरन्तर जारी रहेको जानकारी दिएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















